दुई रूपैयाँले घट्यो पेट्रोलको मूल्य

16 October, 2025 219 Views
दुई रूपैयाँले घट्यो पेट्रोलको मूल्य
219

असोज, काठमाडौं ।  नेपाल आयल निगमले पेट्रोलको मूल्यमा घटाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाइएको हो।  
निगमका अनुसार नयाँ मूल्य बिहीबार (आज) बिहानदेखि लागू भएको छ। मूल्य घटेपछि अब पहिलो वर्गका उपभोक्ताले प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ।

दोस्रो वर्गका लागि मूल्य १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ। निगमले पेट्रोलको मूल्य घटाए पनि डिजेल र मट्टीतेलको दरमा कुनै परिवर्तन गरेको छैन ।यसपटक भने डिजेल र मट्टीतेलको मूल्य यथावत् राखिएको छ।

Related Post