धोबी खोलामा साइकलसहित भेटिएको शवको पहिचान खुल्यो

04 December, 2025 153 Views
धोबी खोलामा साइकलसहित भेटिएको शवको पहिचान खुल्यो
153

मंसिर, काठमाडौं ।  धोबी खोलामा साइकलसहित भेटिएको शवको पहिचान खुलेको छ। जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार बिहीबार बिहान काठमाडौँ महानगरपालिका–२९ रुद्रमति पुल नजिक धोबी खोलामा साइकलसहित शव भेटिएको हो।

मृतक काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ का स्थायी बासिन्दा ललित गिरी भएको हो। घटनास्थलमा प्रहरी टोली परिचालन भएको छ। दुर्घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Post