विपिन जोशीको शव डिएनए परीक्षणपछि इजरायल सरकारले नेपाल पठाउने

14 October, 2025 215 Views
विपिन जोशीको शव डिएनए परीक्षणपछि इजरायल सरकारले नेपाल पठाउने
215

असोज, काठमाडौं । हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)ले इजरायली सेनालाई जिम्मा लगाएको छ। हाल शव इजरायलको सैनिक अस्पतालमा राखिएको छ।

इजरायलस्थित नेपाली दूतावासका अनुसार डिएनए परीक्षण लगायत आवश्यक प्रक्रिया पूरा भएपछि मात्र शव नेपाल पठाउने प्रक्रिया सुरु हुनेछ। राजदूत धनप्रसाद पण्डितका अनुसार, “हमासले बुझाएको शव डिएनए परीक्षणपछि मात्र पुष्टि हुन्छ। रिपोर्ट आउन करिब चार घण्टा लाग्ने छ। त्यसपछि कफिनमा बन्द गरेर नेपाल पठाइने छ।”

Related Post