विश्वकप छनोटको सुपर सिक्समा नेपाल युएईसँग खेल्दै

12 October, 2025 189 Views
विश्वकप छनोटको सुपर सिक्समा नेपाल युएईसँग खेल्दै
189

असोज, काठमाडौं ।  आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सका खेलहरु आजबाट सुरु हुँदै छ। आज सुपर सिक्सका तीन खेल हुनेछन्। जसमा घरेलु टोली ओमानले कतारको सामाना गर्दा सामोआले जापानसँग खेल्नेछ। आजै नेपालले पनि चिरपरिचत प्रतिद्वन्द्वी युएईसँग खेल्नेछ। यो नेपाल नेपाली समयअनुसार दिउँसो ४ः१५ बजे सुरु हुनेछ। समूहको अन्तिम खेलमा जापनविरुद्ध जित निकाल्दै २ अंकका साथ सुपर सिक्समा पुगेको नेपाल युएईलाई हराउँदै सुपर सिक्समा पनि विजयी सुरुआत गर्न चाहन्छ। यता, युएईको पनि लक्ष्य पनि त्यही हुनेछ। ऊ पनि २ अंककै साथ सुपर सिक्समा पुगेको हो। पछिल्ला केही समययता युएईविरुद्ध लगातार जित निकाल्दै आएपनि नेपालका लािग युएई सहज प्रतिद्वन्द्वी भने होइन। अझ सुपर सिक्सको खेल भएकाले यो खेल निकै प्रतिस्पर्धात्मक हुने छ। टि २० क्रिकेटमा पछिल्लो समयमा युएईले उत्कृष्ट प्रदर्शन गरिरहेका उसलाई हराउन नेपाललाई सहज हुनेछैन। उसले भर्खरै एसिया कप र त्यसअघि अफगानिस्थान र पाकिस्तानसँग टि २० सिरिज खेलेकाले त्यसको फाइदा उसलाई हुनेछ।

विश्वकप छनोट अघि युएईमै वेस्टइन्डिजसँगको सिरिज २(१ले जितेको नेपाल पनि उत्साहित छ। नेपालले युएईलाई हराउन बल, ब्याट र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ। नेपालले आजको खेलमा केही परिवर्तन गर्न सक्नेछ। समूहका दुवै खेलमा एउटै टिम खेलाएको नेपालले आजको खेलमा दुवै खेलमा नचलेका कुशल मल्ल या सन्दीप जोराको स्थानमा आदिल आलम अन्सारीलाई खेलाउने सम्भावना छ। ६ टिम रहेको सुपर सिक्समा प्रत्येक टिमले ४ खेल खेल्नेछन्। नेपालले घरेलु टोली ओमान, कतार र सामोआसँग पनि खेल्नेछ। सुपर सिक्सका शीर्ष तीन टिम यसैवर्ष भारत र श्रीलंकामा हुने विश्वपका लागि छनोट हुनेछन्।

Related Post