१४७ वटा कम्पनीको सेयर मूल्य घट्यो

१४७ वटा कम्पनीको सेयर मूल्य घट्यो
79

मंसिर, काठमाडौं ।  सोमबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा सेयर कारोबार हुँदा १४७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । आज नेप्से ३.०२ अंकले गिरावट आएसँगै ती कम्पनीको सेयर मूल्यमा गिरावट आएको हो ।

आज नेप्सेमा गिरावट आएपनि ९९ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १२ वटा कम्पनीको सेयर मूल्य आज स्थिर रह्यो । आज नेप्सेमा ४ अर्ब ६६ करोड ९५ लाख ४८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएपनि नेप्से घट्दा नेप्सेको पूँजीकरण भने ०.११ प्रतिशतले घटेको छ ।

आज नेप्सेमा अपर स्याङ्गे हाइड्रोपावरको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने सपोर्ट माइक्रोफाइनान्सको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए ।

नेप्सेमा गिरावट आएसँगै आज हाइड्रोपावर, जीवन बिमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा र व्यापार समूहबाहेक सबै समूहको उपसूचक नकारात्मक बनेको छ ।

 

Related Post