इक्वेडरलाई २–० ले हराउँदै सह-आयोजक मेक्सिको विश्वकपको अन्तिम १६ मा

01 July, 2026 116 Views
इक्वेडरलाई २–० ले हराउँदै सह-आयोजक मेक्सिको विश्वकपको अन्तिम १६ मा
116

सह-आयोजक मेक्सिको फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। बुधबार बिहान घरेलु मैदान मेक्सिको सिटी स्टेडियम एज्टेका मा भएको अन्तिम ३२ को रोमाञ्चक खेलमा इक्वेडरलाई २–० गोल अन्तरले पराजित गर्दै मेक्सिकोले अघिल्लो चरणको यात्रा तय गरेको हो।

खेलको सुरुवाती समयदेखि नै आक्रामक रणनीति अपनाएको मेक्सिकोका लागि जुलियन क्विनोनेसले २२औँ मिनेटमा सुरुवाती गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने राउल जिमेनेजले ३१औँ मिनेटमा अर्को उत्कृष्ट गोल थप्दै जित सुनिश्चित गरे।

खेल अघि आएको भीषण हावाहुरी र चट्याङसहितको वर्षाका कारण खेल केही समय ढिलो गरी सुरु भएको थियो। जारी विश्वकपमा उत्कृष्ट लयमा रहेको मेक्सिकोले अहिलेसम्मका आफ्ना सबै खेलहरूमा अपराजित रहँदै विपक्षी टोलीलाई एक गोल पनि गर्न दिएको छैन।

खेलको अन्तिम समयमा इक्वेडरका खेलाडी पिएरो हिन्कापीले रातो कार्ड खाँदै मैदान छाड्न बाध्य भएका थिए। इक्वेडरलाई सहजै पाखा लगाएको मेक्सिकोले अब फिफा विश्वकपको प्रि-क्वार्टरफाइनलमा इङ्ल्यान्ड र डीआर कंगो बीचको विजेता टोलीसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। 

Related Post