कांग्रेसको आकस्मिक बैठक, गोपालमान श्रेष्ठप्रति शोक प्रस्ताव पारित गर्ने

28 July, 2026 75 Views
कांग्रेसको आकस्मिक बैठक, गोपालमान श्रेष्ठप्रति शोक प्रस्ताव पारित गर्ने
75

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनपछि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। बैठक बुधबार बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने तय गरिएको छ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशनात्मक अनुरोध गरिएको छ।

बैठकको मुख्य एजेन्डा वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गर्नु रहेको छ। साथै, उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै पार्टीले अन्त्येष्टि तथा शोकसम्बन्धी थप कार्यक्रमबारे पनि आवश्यक निर्णय गर्न सक्ने जनाइएको छ।

लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका श्रेष्ठको निधनपछि पार्टीभित्र शोकको वातावरण छ। सोही सन्दर्भमा पार्टीले आकस्मिक बैठक बोलाएर औपचारिक रूपमा श्रद्धाञ्जलि व्यक्त गर्न लागेको हो।

Related Post