कप्तानगञ्ज गोलीकाण्डमा अर्का घाइतेको मृत्यु, मृतक संख्या दुई पुग्यो

30 July, 2026 55 Views
कप्तानगञ्ज गोलीकाण्डमा अर्का घाइतेको मृत्यु, मृतक संख्या दुई पुग्यो
55

काठमाडौं । सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर घाइते भएका अर्का एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। यससँगै देवानगञ्ज घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।

विराटनगरस्थित न्यूरो अस्पतालमा उपचाररत देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो मृत्यु भएको हो। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार चिकित्सकले उनलाई दिउँसो १:२४ बजे मृत घोषणा गरेका हुन्।

आइतबार राति भएको उक्त घटनामा गोली लागेर घाइते भएका अन्य आठ जनाको विराटनगरस्थित न्यूरो अस्पताल, विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुई समुदायबीच भएको झडप नियन्त्रणका क्रममा सुरक्षाकर्मीले गोली चलाएका थिए। घटनामा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका थिए भने घटनापछि सुनसरीका विभिन्न क्षेत्रमा तनाव उत्पन्न भएको थियो।

Related Post