मार्टिनेलीको इन्जुरी समयको म्याजिक,जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा

30 June, 2026 578 Views
मार्टिनेलीको इन्जुरी समयको म्याजिक,जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा
578
फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ ३२) को अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा पाँच पटकको विजेता ब्राजिलले जापानमाथि २–१ को रोमाञ्चक पुनरागमन जित दर्ता गरेको छ। अमेरिकाको ह्युस्टनस्थित एनआरजी स्टेडियममा सोमबार भएको खेलको पहिलो हाफमा जापानले अप्रत्याशित रूपमा सुरुवाती अग्रता लिएको थियो।\
खेलको २९औं मिनेटमा ब्राजिलियन डिफेन्सको गल्तीको फाइदा उठाउँदै जापानका काइशु सानोले उत्कृष्ट गोल गरी आफ्नो टोलीलाई १–० को अग्रता दिलाए। पहिलो हाफमा दबाबमा परेको कार्लो एन्सेलोटीको ब्राजिलियन टोलीले दोस्रो हाफमा आक्रामक खेल प्रदर्शन गर्‍यो। खेलको ५६औं मिनेटमा ग्याब्रिएल मागाल्हासको पासमा अनुभवी मिडफिल्डर कासेमिरोले हेडमार्फत गोल गर्दै ब्राजिललाई १–१ को बराबरीमा ल्याए।
खेल अतिरिक्त समयतर्फ धकेलिने निश्चित देखिइरहेका बेला ९६औं मिनेटमा इन्जुरी समयको छैटौं मिनेटमा खेलले नयाँ मोड लियो। दोस्रो हाफमा सब्सटिच्युट खेलाडीका रूपमा मैदान छिरेका आर्सनलका विङ्गर ग्याब्रिएल मार्टिनेलीले ब्रुनो गुइमारेसको उत्कृष्ट पासलाई सदुपयोग गर्दै थपेको अतिरिक्त समयको अन्तिम मिनेटमा निर्णायक गोल गरे।
यो नाटकीय गोलसँगै ब्राजिलले खेल २–१ ले आफ्नो पक्षमा पार्दै जापानको क्वार्टरफाइनल पुग्ने सपनालाई समाप्त पारिदियो। यो जितसँगै ब्राजिल अब जुलाई ५ मा न्यूयोर्क न्यू जर्सी स्टेडियममा हुने 'राउन्ड अफ १६' को खेलमा नर्वे वा आइभोरी कोस्टमध्ये एक टोलीसँग भिड्नेछ।

Related Post