सरकारको पहिलो प्राथमिकता सुशासन कायम गर्नु हो : मन्त्री खरेल

17 October, 2025 440 Views
सरकारको पहिलो प्राथमिकता सुशासन कायम गर्नु हो : मन्त्री खरेल
440

असोज, काठमाडौं । सञ्चारमन्त्री जगदीश खरेल सरकार विधिसम्वत्, कानुनी र व्यवहारिक हिसाबले अगाडि बढ्ने बताएका छन्। मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उनले सरकारको पहिलो प्राथमिकता सुशासन कायम गर्नु भएको बताए।

सरकारका प्रवक्ता समेत रहेका खरेलले भने, ‘सरकार जे जति राज्यका संयन्त्रहरू छन्, ती सबैमार्फत विधिसम्वत्, कानुनी र व्यवहारिक हिसाबले अगाडि बढ्छ। यसमा कुनै दुविधा नहोस्। यो सरकारको पहिलो प्राथमिकता सुशासन कायम गर्ने कुरा नै हो। विधिको शासनलाई सरकारले कार्यान्वयन गर्नुपर्छ। त्यसमा कुनै आलटाल हुँदैन। विधिसम्वत् हिसाबले नै अगाडि बढ्छ।’

यो सरकार जेनजी आन्दोलनमा बनेको सरकार भएकाले जेनजीको सरकार भन्न मिल्ने उनको तर्क छ। उनले यो सरकार सबै राजनीतिक दलको समर्थनमा बनेको जिकिर गरे।

Related Post