बचत फिर्ताको माग गर्दै फेरि माइतीघरमा सहकारीपीडित

27 July, 2026 53 Views
बचत फिर्ताको माग गर्दै फेरि माइतीघरमा सहकारीपीडित
53

बचत रकम फिर्ता र न्यायको माग गर्दै सहकारी पीडितहरू माइतीघरमा प्रदर्शनमा उत्रिएका छन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले साना र ठूला बचतकर्ता भनेर विभेद नगरी सबैको बचत फिर्ता गर्नुपर्ने माग गरेका छन् ।

प्रदर्शनकारीहरूले ‘पीडितलाई न्याय देऊ’, ‘सहकारी पीडितलाई फुटाउने षड्यन्त्र बन्द गर’ र ‘छिटो न्याय देऊ’ लगायतका नारासहितका प्लेकार्ड बोकेका थिए ।

सहकारीका ऋणीहरूबाट रकम असुल गरेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने उनीहरूको माग छ । उनीहरूले पीडितहरूको आन्दोलनलाई कुनै राजनीतिक दलसँग सम्बन्धित नरहेको दाबी गर्दै पीडितकै नेतृत्वमा आन्दोलन अघि बढाउने बताएका छन् ।

सरकारले माग सम्बोधन नगरे दुईदिने ध्यानाकर्षण र्‍यालीपछि आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने चेतावनी प्रदर्शनकारीहरूले दिएका छन् ।

 
 
 

Related Post