काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार रुपैयाँ घुससहित पक्राउ

24 July, 2026 61 Views
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार रुपैयाँ घुससहित पक्राउ
61

काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले स्थायी लेखा नम्बर (PAN) बन्द गर्न वडा कार्यालयबाट आवश्यक सिफारिस उपलब्ध गराइदिने क्रममा सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिएको हो।

अख्तियारका अनुसार, भट्टराईलाई सेवाग्राहीबाट २१ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको हो। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

Related Post