धनगढीबाट डा. गोविन्द केसीको सत्याग्रह सुरु, सरकारमाथि ५ बुँदे माग पूरा गर्न दबाब

23 July, 2026 198 Views
धनगढीबाट डा. गोविन्द केसीको सत्याग्रह सुरु, सरकारमाथि ५ बुँदे माग पूरा गर्न दबाब
198

धनगढी । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले सरकारमाथि आफ्ना माग पूरा गर्न दबाब दिँदै धनगढीबाट सत्याग्रह (अनसन) सुरु गरेका छन्।

धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा बसेर उनले बिहीबार दिउँसोदेखि सत्याग्रह सुरु गरेका हुन्। केसी बुधबार साँझ नै धनगढी पुगेका थिए र सोही धर्मशालामा रात बिताएका थिए। बिहीबार पत्रकार सम्मेलन गर्दै उनले औपचारिक रूपमा अनसन सुरु भएको घोषणा गरेका हुन्।

डा. केसीले यसअघि सरकारसमक्ष ५ बुँदे माग प्रस्तुत गर्दै ती माग पूरा गर्न साउन ५ गतेसम्मको समयसीमा दिएका थिए। तर, सरकारले आफ्ना मागप्रति कुनै ठोस पहल नगरेको र पूर्ण रूपमा बेवास्ता गरेको आरोप लगाउँदै उनले बाध्य भएर सत्याग्रह सुरु गरेको बताएका छन्।

उनले सरकारसँग सार्वजनिक स्वास्थ्य, चिकित्सा शिक्षा सुधार तथा विगतका सम्झौताहरू कार्यान्वयनलगायत विषयमा आफ्ना माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छन्। डा. केसीको सत्याग्रहसँगै सरकारको प्रतिक्रिया र आगामी वार्ताको सम्भावनालाई लिएर राजनीतिक तथा स्वास्थ्य क्षेत्रमा चासो बढेको छ।

Related Post