अर्जुन घिमिरेले पाए नेपाल दूरसञ्चार प्राधिकरणको नेतृत्व

13 July, 2026 150 Views
अर्जुन घिमिरेले पाए नेपाल दूरसञ्चार प्राधिकरणको नेतृत्व
150

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरेलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले घिमिरेलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।

यद्यपि, सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा उक्त नियुक्तिबारे जानकारी दिएका थिएनन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका स्रोतका अनुसार घिमिरेलाई केहीबेरमै मन्त्रालयमा पद तथा गोपनीयताको शपथ गराइने तयारी गरिएको छ।

यसअघि अध्यादेशमार्फत तत्कालीन अध्यक्ष भूपेन्द्र भण्डारी पदमुक्त भएपछि घिमिरेले निमित्त अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए। अब मन्त्रिपरिषद्को निर्णयसँगै उनी नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा औपचारिक रूपमा नियुक्त भएका हुन्।

Related Post