भोटेकोशी बाढीको कहालीलाग्दो तथ्यांक : ९०३ शव फेला, ४ हजार २४७ अझै बेपत्ता

31 August, 2026 91 Views
भोटेकोशी बाढीको कहालीलाग्दो तथ्यांक : ९०३ शव फेला, ४ हजार २४७ अझै बेपत्ता
91

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले निम्त्याएको मानवीय क्षतिको भयावह तस्वीर सार्वजनिक भएको छ। हालसम्म ९०३ जनाको शव फेला परेको छ भने ४ हजार २४७ जना अझै सम्पर्कविहीन छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ। बाढीमा परी २६७ जना घाइते भएका छन्।

फेला परेका शवमध्ये रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६२, नवलपरासी पूर्वमा २०७, नवलपरासी पश्चिममा १५१, तनहुँमा ३७ र चितवनमा २७२ रहेका छन्।

सम्पर्कविहीन हुनेमा सुरक्षाकर्मी, सरकारी कर्मचारी, जलविद्युत् आयोजनाका कामदार तथा स्थानीय र विदेशी नागरिकसमेत छन्। प्राधिकरणका अनुसार ५९२ विदेशी नागरिक र विदेशी पर्यटकसँगै रहेका १२७ नेपाली नागरिक पनि अझै सम्पर्कविहीन छन्।

बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी छ। पहिचान खुल्न नसकेका शव विभिन्न अस्पतालमा राखिएका छन् भने उद्धार, राहत र शव पहिचानको कामलाई तीव्र बनाइएको छ।

Related Post