चिरिबाबुको कडा आपत्ति : ‘सांसद भएर जिम्मेवारी त देखाउनुपर्छ नि!’

25 August, 2026 6 Views
चिरिबाबुको कडा आपत्ति : ‘सांसद भएर जिम्मेवारी त देखाउनुपर्छ नि!’
6

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनबारे भएको बैठकमा सांसद आशिका तामाङको व्यवहारलाई लिएर ललितपुर महानगरपालिकाका मेयर तथा उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनले कडा आपत्ति जनाएका छन्।

महर्जनले सांसदजस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले बैठकमा आएर उपत्यकाका मेयरहरूमाथि एकोहोरो गालीगलौज गर्नु उचित नभएको बताए। उनले यस्तो व्यवहारलाई ‘निचताको पराकाष्ठा’ भन्दै फोरमका तर्फबाटै आपत्ति जनाएका छन्।

उनका अनुसार उपत्यकाको फोहोर व्यवस्थापन मेयरहरूको मात्र जिम्मेवारी होइन, यो सबैको साझा दायित्व हो। सत्तारुढ दलकी सांसदसमेत रहेकी आशिकाले आफ्नो जिम्मेवारी र भूमिकाबारे गम्भीर हुनुपर्ने महर्जनको भनाइ छ।

बैठकमा पटक–पटक आग्रह गर्दा पनि अवस्था नियन्त्रणमा आउन नसकेको भन्दै उनले आगामी बैठकमा यस्तो अराजक अवस्था नदोहोरिने वातावरण बनाउन सम्बन्धित पक्षसँग आग्रह गरेका छन्।

Related Post