घोषणा भएको महिनौँ बित्दा पनि चलेन ब्लु बस

18 August, 2026 150 Views
घोषणा भएको महिनौँ बित्दा पनि चलेन ब्लु बस
150

काठमाडौं । महिलाको सुरक्षित आवागमनका लागि भन्दै रास्वापाको सरकार बने लगत्तै घोषणा गरेको निःशुल्क ब्लु बस सेवा अझै सञ्चालनमा ल्याउन सकेको छैन।

गत चैतमा मन्त्रिपरिषद्ले सातै प्रदेशमा ब्लु बस सञ्चालन गर्ने निर्णय गर्दै पहिलो चरणमा १ सय दिनभित्र कम्तीमा २५ वटा बस चलाउने घोषणा गरेको थियो। साउन १ गतेदेखि सेवा सुरु हुने भनिए पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन।

पूर्वाधार विकास मन्त्रालयले ब्लु बस सञ्चालनका लागि ४ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको छ। मन्त्रालयका अनुसार प्राविधिक तयारी पूरा भइसकेको, साझा यातायातसँग सम्झौता भएको र अर्थ मन्त्रालयबाट स्वीकृति समेत आइसकेको छ।

काठमाडौं उपत्यकामा पहिलो चरणमा विभिन्न रुटमा कम्तीमा सात वटा बस सञ्चालन गर्ने योजना छ। तर, राजनीतिक स्वीकृति नआउँदा सेवा सुरु हुन नसकेको मन्त्रालयको भनाइ छ।

साझा यातायातले भने ब्लु बस सञ्चालनबारे ठोस निर्णय भइनसकेको जनाएको छ। सरकारले घोषणा गरेको सेवा कहिले सुरु हुन्छ भन्ने अझै निश्चित छैन।

Related Post