हुम्लामा ताँजाकोट गाउँपालिका कार्यालयमा आगलागी, विद्युत् सर्ट भएको आशंका

24 August, 2026 46 Views
हुम्लामा ताँजाकोट गाउँपालिका कार्यालयमा आगलागी, विद्युत् सर्ट भएको आशंका
46

काठमाडौं । ताँजाकोट गाउँपालिकाको कार्यालयमा गएराति आगलागी भएको छ। आगलागीबाट कार्यालयका केही सामग्री जलेर नष्ट भएका छन्।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार राति करिब १ बजे गाउँपालिका कार्यालयको लेखा शाखाअन्तर्गत रहेको स्टोरमा आगलागी भएको हो।

स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको डीएसपी शंकर खड्काले जानकारी दिए। उनका अनुसार बिहान ३ः४५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।

प्रारम्भिक अनुसन्धानमा विद्युत्को तार सर्ट भएर आगलागी भएको हुन सक्ने देखिएको प्रहरीले जनाएको छ।

आगलागीबाट चार थान काठका र्‍याक, एक थान खाट, एक थान टेबल र एक थान सोलार ब्याट्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको छ। घटनाको कारण र अन्य सम्भावित पक्षबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

 
 
 

Related Post