हिंसा पीडितका लागि वडा महिला सञ्जालमार्फत तत्काल राहत र पुनस्थापनाको काम गर्न सकिन्छ : उपप्रमुख डंगोल

04 November, 2025 118 Views
हिंसा पीडितका लागि वडा महिला सञ्जालमार्फत तत्काल राहत र पुनस्थापनाको काम गर्न सकिन्छ  : उपप्रमुख डंगोल
118

कात्तिक, काठमाडौ ।  काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले लैङ्गिक हिंसामा परेका व्यक्तिको उद्धार, राहत तथा पुनःस्थापनाका लागि वडा महिला सञ्जालबाट तत्काल काम गर्न सकिने बताएका छन् । महानगरपालिकाले शान्ति फाउन्डेसनसँगको सहकार्यमा सञ्चालन गरेको मनोरञ्जन तथा सत्कार क्षेत्रका श्रमिकहरुको मर्यादित रोजगारीका सम्बन्धमा गरिएको अध्ययनका बारेमा छलफल गर्न आयोजना गरिएको साझेदार बिचको बैठकमा उनले यस्तो बताएकी हुन् । ‘तत्काल गर्नु पर्ने कामको व्यवस्थापनका लागि हामीले हरेक वडालाई २ लाख रुपियाँका दरले निकासा पठाएका छौँ । गएको वर्ष ५० हजार रुपियाँ पठाउने गरिएकोमा अवस्थाको संवेदनशीलतालाई हेरेर यस वर्षदेखि २ लाख रुपियाँ पठाउन थालेका हौँ ।’ उनले जानकारी दिए ।

काठमाडौँ महानगरपालिकाले २०७८ सालमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण कार्यविधि जारी गरेको छ । यसले प्रमुखको संयोजकत्वमा गठन हुने ९ सदस्यीय मूल समिति गठन हुने व्यवस्था छ । यसमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सामाजिक समितिका संयोजक, जिल्ला प्रहरी परिसरका प्रमुख, कानुन तथा मानव अधिकार विभागका प्रमुख, यसै क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधि एक जना, पीडितमध्ये एक जना सदस्य रहने व्यवस्था छ । समितिको सदस्य सचिवमा सामाजिक विकास विभागका प्रमुख छन् । 

Related Post