जेन्जी आन्दोलनमा जेलबाट निस्केका रवि लामिछानेसँग बयान लिने तयारी

04 November, 2025 131 Views
जेन्जी आन्दोलनमा जेलबाट निस्केका रवि लामिछानेसँग बयान लिने तयारी
131

कात्तिक, काठमाडौं । जेनजी आन्दोलन र प्रदर्शनका घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग बयान लिने तयारी सुरु गरेको छ। आयोगले सकेसम्म आजै बयान लिने योजना बनाएको छ।

लामिछाने हाल ललितपुरको नख्खु कारागारमा सहकारी बचत रकम अपचलन मुद्दामा पुर्पक्षका लागि रहेका छन्। भदौ २४ गते उनी कारागारबाट जेनजी आन्दोलनको क्रममा बाहिर आएका थिए र केही समयपछि फेरि कारागार फर्किएका थिए।
आयोगले यसअघि कारागार प्रमुख सत्यराज जोशी, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग बयान लिइसकेको छ। लामिछानेले कारागारबाट निस्कँदा पत्र पाएको दाबी गरे पनि जोशीले उक्त पत्र आफूले नदिएको बताएका छन्। बयानका क्रममा लामिछानेले केही गम्भीर विषयहरू पनि विस्तृतमा बताएका छन्।

Related Post