कांग्रेसको १५औँ महाधिवेशनको प्रस्तावित कार्यतालिका सार्वजनिक

02 September, 2026 160 Views
कांग्रेसको १५औँ महाधिवेशनको प्रस्तावित कार्यतालिका सार्वजनिक
160

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको समूहले १५औँ महाधिवेशनको तयारी अघि बढाएको छ। बुधबार बसेको तयारी समितिको बैठकले वडा तहदेखि केन्द्रीय महाधिवेशनसम्मको प्रस्तावित कार्यतालिका तय गरेको हो।

प्रस्तावअनुसार वडा अधिवेशन असोज १५, पालिका असोज २०, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन असोज २३, जिल्ला अधिवेशन कात्तिक १५ र प्रदेश अधिवेशन मंसिर ४ गते हुनेछ। केन्द्रीय महाधिवेशन भने मंसिर २१ देखि २३ गतेसम्म गर्ने प्रस्ताव गरिएको छ।

बैठकले क्रियाशील सदस्यताको टुंगो असोज ९ गतेभित्र लगाउने तथा विभिन्न भ्रातृ संगठन र अधिवेशन तयारीका लागि आवश्यक समितिहरू गठन गर्ने प्रस्ताव पनि गरेको छ।

यस्तै, रसुवा बाढीपीडितको खोज, उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराउँदै सहयोगका लागि अपिल गर्ने निर्णयसमेत बैठकले गरेको छ।

Related Post