काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २० जना भन्दा बढी घाइते

12 February, 2026 248 Views
काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २० जना भन्दा बढी घाइते
248

माघ, काठमाडौं । जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २० जना भन्दा बढी घाइते भएका छन् । शंखरापुर नगरपालिका-३ स्थित फेदीको पुल नजिक जहरसिंपौवा यातायात प्रालिको बस दुर्घटना भएको हो। जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले घटनाको विस्तृत विवरण आउन बाकी रहेको बताए । सामान्य घाइतेलाई पिपल्स लाईफ केयर हस्पिटल साँखु र गम्भीर घाइते भएकालाई काठमाडौं मेडिकल कलेजमा लगिएको छ ।

 

Related Post