नारायणी नदीमा फसेका एक जनाको सकुशल उद्धार

06 August, 2026 54 Views
नारायणी नदीमा फसेका एक जनाको सकुशल उद्धार
54

काठमाडौं। नारायणी नदीमा पानीको सतह बढेपछि नदीको बीचमा फसेका एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। उद्धार गरिएका व्यक्ति भरतपुर महानगरपालिका–६ गीतानगरका वेदबहादुर थापा हुन्।

प्रहरीका अनुसार थापा बिहान मर्निङवाकका क्रममा नदी किनारस्थित चौतारामा आराम गरिरहेका बेला नदीमा एक्कासि पानीको सतह बढेपछि बीचमै फसेका थिए।

सूचना प्राप्त भएपछि सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेर थापाको सकुशल उद्धार गरी सुरक्षित रूपमा किनारमा ल्याएको हो।

नारायणी नदीको बहाव बढ्न थालेपछि बिहीबार दिउँसोदेखि नै नदी किनारका बासिन्दा र सर्वसाधारणलाई सतर्क रहन प्रहरीले माइकिङसमेत गरिरहेको छ।

चितवनमा ठूलो वर्षा नभए पनि नारायणी नदीको माथिल्लो तटीय क्षेत्रमा भएको वर्षाका कारण नदीको बहाव बढिरहेको प्रहरीले जनाएको छ।

Related Post