ओमप्रकाश मेहताको मृत्युको विरोधमा सिरहामा राजमार्ग अवरुद्ध, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

28 July, 2026 50 Views
ओमप्रकाश मेहताको मृत्युको विरोधमा सिरहामा राजमार्ग अवरुद्ध, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग
50

प्रहरीको गोली लागेर सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जकाओमप्रकाश मेहताको मृत्यु भएको घटनाको विरोधमा सिरहामा प्रदर्शन भएको छ।

मंगलबार सिरहाको गोलबजार नगरपालिका–८ स्थित चोहर्वामा स्थानीयले निष्पक्ष छानबिन, घटनामा संलग्नमाथि कानुनी कारबाही तथा न्यायको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन्। प्रदर्शनका क्रममा केही प्रदर्शनकारीले प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा समेत माग गरेका थिए।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार प्रदर्शनका कारण करिब आधा घण्टा राजमार्ग अवरुद्ध भएको थियो। आन्दोलनकारीसँग छलफलपछि सडक पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

यसअघि सोमबार पनि सिरहाको कर्जन्हा नगरपालिका–बन्दीपुर, गोलबजारको गोलपार्क र धनगढीमाई नगरपालिका–८ कसहा चोकमा विरोध प्रदर्शन भएको थियो। सुनसरीसहित अन्य जिल्लामा पनि घटनाको विरोधमा प्रदर्शन जारी रहेको जनाइएको छ।

Related Post