प्रतिनिधिसभाको बैठक आज, दुई संशोधन विधेयकमा सैद्धान्तिक छलफल हुँदै

11 September, 2026 131 Views
प्रतिनिधिसभाको बैठक आज, दुई संशोधन विधेयकमा सैद्धान्तिक छलफल हुँदै
131

काठमाडौं, भदौ २६ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। संसद्को दोस्रो अधिवेशनअन्तर्गतको ५३औँ बैठक सिंहदरबारस्थित संघीय संसद् भवनमा बस्न लागेको हो।

संसद् सचिवालयका अनुसार आजको बैठकमा दुई महत्त्वपूर्ण संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल अघि बढाउने प्रस्ताव पेस हुनेछ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सदनसमक्ष पेस गर्ने कार्यसूची रहेको छ।

Related Post