78
काठमाडौं । शम्भुनाथ नगरपालिका–३ ट्राफिक चौकमा मोहम्मद इरफानकी २ वर्षीया छोरी खुशी खातुन आफ्नै घरपछाडिको झाडीमा मृत अवस्थामा फेला परेकी छन्। परिवारका अनुसार खुशी आज बिहानदेखि सम्पर्कविहीन भएकी थिइन्। बालिका हराएको जानकारी पाएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए।
प्रहरी र परिवारजनले संयुक्त रूपमा खोजतलास गर्ने क्रममा घरको पछाडिपट्टि रहेको झाडीमा बालिकालाई मृत अवस्थामा फेला पारेका हुन्।
घटनापछि प्रहरीले शवको अवस्था र घटनाको परिस्थितिबारे अनुसन्धान अघि बढाएको छ। बालिकाको मृत्यु कसरी भयो भन्ने कारण भने अहिलेसम्म खुलेको छैन। घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।