सुदूरपश्चिममा एमालेबाट मन्त्री बन्ने चार जनाको नाम टुंगियो

14 August, 2026 130 Views
सुदूरपश्चिममा एमालेबाट मन्त्री बन्ने चार जनाको नाम टुंगियो
130

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा (एमाले)बाट सहभागी हुने चार जना मन्त्रीको नाम टुंगिएको छ । एमाले संसदीय दलले उपनेता सन्तोष शर्मा थापाको नेतृत्वमा चक्र मल्ल, दमन भण्डारी र जानकी ऐरलाई सरकारमा पठाउने निर्णय गरेको हो ।

एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलका अनुसार थापालाई मन्त्री, मल्ल र भण्डारीलाई मन्त्री तथा ऐरलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ ।

मन्त्रालय बाँडफाँटअनुसार थापालाई सामाजिक विकास मन्त्रालय र मल्ललाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । भण्डारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण वा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमध्ये एक मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ ।

यसअघि एमालेले सुदूरपश्चिम सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ सांसदलाई सरकारमा पठाउने निर्णय गरेको थियो । नयाँ मन्त्रीहरूको नाम मुख्यमन्त्री कार्यालयमा समेत पठाइएको थियो ।

एमालेबाट नयाँ मन्त्री तथा राज्यमन्त्रीले आजै मुख्यमन्त्रीसँगै शपथ लिने तयारी गरिएको छ ।

Related Post