न्धनको मूल्यमा भारी गिरावट पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य घट्यो

01 July, 2026 159 Views
न्धनको मूल्यमा भारी गिरावट पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य घट्यो
159
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको मूल्यमा भारी कटौती गरेको छ। निगम सञ्चालक समितिको बैठकको निर्णयानुसार बुधबार (१७ असार २०८३ / ०१ जुलाई २०२६) मध्यरात १२:०१ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टितेलमा ३० रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ मूल्य घटाइएको हो।
नयाँ मूल्य समायोजनपछि तेस्रो वर्गअन्तर्गतका क्षेत्रहरू (काठमाडौँ, पोखरा र दिपायल) मा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १९७ रुपैयाँ र डिजेलको मूल्य १९५ रुपैयाँ कायम भएको छ भने खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकिएको छ। 
इन्डियन आयल कर्पोरेसन (IOC) बाट प्राप्त नयाँ खरिद मूल्यसूची अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ घटेर आएकाले स्वचालित मूल्य प्रणाली बमोजिम नेपालमा पनि मूल्य घटाइएको निगमले जनाएको छ। आईओसीबाट पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ९ पैसा, डिजेलमा २९ रुपैयाँ ४६ पैसा र हवाई इन्धनमा २९ रुपैयाँ ४२ पैसा मूल्य घटेर आएको थियो। 
सोही आधारमा निगमले आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर ४० रुपैयाँले घटाएर २२९ रुपैयाँ कायम गरेको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य काठमाडौँका लागि प्रतिकिलोलिटर २६५ अमेरिकी डलरले कटौती गरेको छ।

Related Post