69
काठमाडौं । सरकारले असोजको पहिलो साताभित्र १३ देशका लागि राजदूत नियुक्त गर्ने तयारी गरेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार राजदूत नियुक्तिको प्रक्रिया अघि बढिरहेको छ। अमेरिका, चीन, भारत, जापान, मलेसिया, साउदी अरेबियालगायत महत्वपूर्ण देशमा राजदूत पठाउने तयारी छ।
मन्त्रालयले जेठ १४ गते मागेको आवेदनमा ४ हजार ७ सय जनाले आवेदन दिएका थिए। त्यसमध्ये २ हजार ७ सय जनाको नाम सर्टलिस्ट गरिएको छ। अब योग्यताका आधारमा नाम छनोट गरी प्रधानमन्त्रीसमक्ष सिफारिस गरिने मन्त्रालयले जनाएको छ।