भृकुटीमण्डपमा एमालेको बन्दसत्र शुरु हुँदै

भृकुटीमण्डपमा एमालेको बन्दसत्र शुरु हुँदै
6

काठमाडौँ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आइतबार काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र शुरु हुँदैछ । नयाँ नेतृत्व चयनका लागि बिहान साढे ७ बजेदेखि बन्दसत्र सञ्चालन हुने पार्टीले जनाएको छ ।

महाधिवेशनमा २ हजार २ सय ६२ जना प्रतिनिधि छन् । महाधिवेशनले अध्यक्ष, महासचिव एक, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने तालिका छ ।

महाधिवेशनमा सबै पदाधिकारी समेटिएको अध्यक्षमण्डल गठनसँगै महाधिवेशन प्रस्ताव लेखन तथा माइन्युट लेखन समितिको जिम्मेवारी उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई दिइएको छ । महाधिवेशनमा सहमति जुट्न नसके मतदान प्रक्रियाबाट नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेको तयारी छ ।

Related Post