चीनतर्फ पहिरो खस्दा भोटेकोसी नदीको बहाव प्रभावित

13 August, 2026 76 Views
चीनतर्फ पहिरो खस्दा भोटेकोसी नदीको बहाव प्रभावित
76

काठमाडौं । चीनको न्यालम क्षेत्रमा पहिरो खस्दा नेपालतर्फ बग्ने भोटेकोसी नदीको बहाव प्रभावित भएको छ। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ लिपिङको पारिपट्टि चीनतर्फ पर्ने न्यालम क्षेत्रमा बिहीबार भीरबाट ढुंगा–माटोसहितको पहिरो खसेको हो।

बाढी पूर्वानुमान महाशाखाका अनुसार पहिरोका कारण चीनबाट नेपालतर्फ आउने भोटेकोसीको बहाव करिब आधाजति रोकिएको जानकारी स्थानीय प्रहरीबाट प्राप्त भएको छ।

महाशाखाले भोटेकोसी तथा सुनकोसी नदीको दोलालघाटसम्मका नदी तटीय क्षेत्रमा अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

नदीको बहावमा अचानक परिवर्तन आउन सक्ने भएकाले तटीय क्षेत्रमा रहेका बस्ती तथा स्थानीयवासीलाई सावधानी अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।

Related Post