एमाले नेत्री सापकोटाको ट्रकको ठक्कर बाट मृत्यु

17 August, 2026 104 Views
एमाले नेत्री सापकोटाको ट्रकको ठक्कर बाट मृत्यु
104

 

कैलालीको बर्दगोरिया गाउँपालिका–१ मुडा पुल नजिकै ट्रकको ठक्करबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार समिति सदस्य सावित्रा सापकोटाको मृत्यु भएको छ ।

आज बिहान बर्दगोरिया–१ स्थित मुडा पुल नजिकै उनी सवार से १–०१–००१ ख नम्बरको स्कुटरलाई नवलपरासी बर्दघाटका दिनेश गिरीले चलाएको लु १–०१–०१० प ००४५ नम्बरको ट्रकले ठक्कर दिएको थियो । गम्भीर घाइते सापकोटालाई दोदोधरा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।


इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक डम्बर विष्टले ट्रक चालक दिनेश गिरीलाई महेन्द्र राजमार्गअन्तर्गत बर्दगोरिया र लम्कीचुहा नगरपालिकाको सीमाबाट नियन्त्रणमा लिएको जानकारी दिए ।

नेत्री सापकोटा २०७४ सालको स्थानीय तह निर्वाचनमा बर्दगोरिया गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेबाट उम्मेदवारसमेत बनेकी थिइन् । 

Related Post