एमाले सचिवालय बैठक आज बस्दै

12 October, 2025 394 Views
एमाले सचिवालय बैठक आज बस्दै
394

असोज, काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक आज बिहान बस्दै छ। अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि शनिबारको लागि तय भएको बैठक स्थगित भई (आज) आइतबार बिहान ११ बजे बस्ने लागेको हो ।

एमाले केन्द्रीय कार्यालयका सचिव भिष्म अधिकारीका अनुसार अध्यक्ष ओलीलाई रुघाखोकीले सताएपछि शनिबारको बैठक स्थगित गरिएको थियो। यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्नेबारे विस्तृत छलफल भएको थियो। सो बैठकले महाधिवेशनमार्फत उठेका सबै प्रश्नको समाधान खोज्ने र नयाँ ढङ्गले पार्टीलाई अघि बढाउने निष्कर्ष निकालेको थियो।

त्यसैगरी, बैठकमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे पनि सविस्तार समीक्षा गरिएको थियो। बैठकले राष्ट्रिय एकता कायम गर्न, दलबीच सहकार्य बढाउन र देशभर एकताको वातावरण सृजना गर्नुपर्ने निष्कर्ष निकालेको थियो।

Related Post