गृहमन्त्रीलाई सुधन गुरुङको प्रश्न : ओली सरकारकै पारामा ढल्किनु भएको हो ?

06 November, 2025 384 Views
गृहमन्त्रीलाई सुधन गुरुङको प्रश्न : ओली सरकारकै पारामा ढल्किनु भएको हो ?
384

कात्तिक, काठमाडौं  ।  जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई महेश बस्नेतलाई किन पक्राउ नगरेको भन्दै प्रश्न गरेका छन् । एउटै अभिव्यक्तिमा डा। निकोलास भुसाललाई पक्राउ गर्ने तर बस्नेतलाई पक्राउ नगरेको भन्दै उनले गृहमन्त्रीलाई शक्तिशालीलाई नछुने हो भन्दै प्रश्न गरेका हुन् ।

उनले यो सरकारसमेत ओली सरकारकै पारामा ढल्किएको हो भन्दै प्रश्नसमेत गरेका छन् । ‘निकोलस भुषाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो, गृहमन्त्रीज्यू रु अनि किन निकोलस मात्रै पक्राउ परे रु कि शक्तिशालीलाई नछुन ओली सरकारकै पारामा ढल्किनु भएको हो रु’, गुरुङले फेसबुकमा लेखेका छन्, ‘बन्द कोठामा प्रश्न गर्दा गर्दा थाकेर आएको अभिव्यक्ति हो यो। लाग्छ, आन्दोलन हार्दैछ।’

Related Post