घनश्याम, रामकुमारीसहित ६ नेतालाई पार्टी सदस्य नरहने गरी कारबाही

07 November, 2025 322 Views
घनश्याम, रामकुमारीसहित ६ नेतालाई पार्टी सदस्य नरहने गरी कारबाही
322

कात्तिक,काठमाडौँ । नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाल,रामकुमारी झाँक्रीसहितका ६ नेतालाई पार्टी सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।

पार्टी विरोधी कार्य गरेको भन्दै केन्द्रीय कमिटीको तेस्रो बैठकद्वारा प्रत्यायोजित अधिकारको प्रयोग गर्दै माधव कुमार नेपालले केन्द्रीय सचिवालयको बुधबार बसेको बैठकबाट विधानको धारा १२१ ९२० बमोजिम पार्टी सदस्य पनि नरहने गरी उनीहरूलाई कारबाही गर्ने निर्णय गरेका हुन् ।

घनश्याम भुसाल,रामकुमारी झाँक्रीसहित दामोदर अर्याल,नन्दलाल बन्जाडे,धर्मराज निरौला र कृष्ण कुमार श्रेष्ठ (किसान)लाई पार्टी सदस्य नरहने गरी कारबाही गरिएको हो । कुनै पनि व्यक्तिले पार्टीको नाम र पद प्रयोग गरी भेला, बैठक, पत्रकार सम्मेलन वा कुनै पनि गतिविधि गरेमा कारबाही हुने चेतावनी समेत दिइएको छ ।

बुधबारमात्रै नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादीसहित १० दल मिलेर नेपाली कम्युनिष्ट पार्टी घोषणा गरेका थिए । एकता गर्न नहुने भन्दै ती नेताहरूले विरोध गर्दै आएका थिए ।

Related Post