जेनजी प्रदर्शनपछि काठमाडौंमा बेपत्ता हुम्लाका थुक्तेन अझै बेपत्ता

15 October, 2025 127 Views
जेनजी प्रदर्शनपछि काठमाडौंमा बेपत्ता हुम्लाका थुक्तेन अझै बेपत्ता
127

असोज,काठमाडौं । गत भदौ २४ गते काठमाडौंमा भएको बृहत जेनजी प्रदर्शनपछि हुम्लाका २४ वर्षीय थुक्तेन पाल्वर लामा अझै बेपत्ता रहेका छन्। नाम्खा गाउँपालिका–३ खगालगाउँका थुक्तेन लामो समयदेखि काठमाडौंको तीनचुलीमा भतिजासँग बस्दै आएका थिए। उनले नारायणथान गुम्बामा लामा अध्ययन पूरा गरेका थिए। 

थुक्तेनका बुबा टैछिरिङ लामाका अनुसार, “भदौ २३ गतेको प्रदर्शनमा सहभागी भएपछि छोरा सकुशल कोठा फर्किएका थिए। तर भोलिपल्ट २४ गते बिहान कोठाबाट निस्किएपछि उनी सम्पर्कविहीन भए।”

बेपत्ता भएको एक महिना बितिसक्दा पनि थुक्तेनको कुनै समाचार नभएको परिवारको भनाइ छ। परिवारजनले छोराको खोजीका लागि सबैमा सहयोगको अपिल गरेका छन्। “मेरो छोरा कहाँ छ भन्ने केही अत्तोपत्तो छैन, प्रहरीले खोजीमा सहयोग गरिदियोस्,” बुबा टैछिरिङको अनुरोध। बेपत्ता थुक्तेनको विवरण जिल्ला प्रहरी कार्यालय हुम्ला र काठमाडौं प्रहरी कार्यालय दुवैमा पठाइएको छ। अहिले परिवार चिन्तित र आशंकित अवस्थामा छ।

Related Post