कांग्रेस विभाजन रोक्न अन्तिम प्रयास भइरहेको पूर्णबहादुर खड्काको भनाइ

कांग्रेस विभाजन रोक्न अन्तिम प्रयास भइरहेको पूर्णबहादुर खड्काको भनाइ
25

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले पार्टी विभाजन रोक्न अन्तिम प्रयास भइरहेको बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत खड्काले ‘कुनै चमत्कार भएन भने पार्टी विभाजन निश्चित’ रहेको उल्लेख गर्दै त्यसलाई रोक्न प्रयास भइरहेको बताएका हुन् ।

उनले कांग्रेस विभाजनले मुलुकको लोकतन्त्रमा गम्भीर असर पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

महाधिवेशनका विषयमा आफू अदालतमा पुनरावलोकनको मुद्दा विचाराधीन रहेकाले सभापति गगन थापाको नेतृत्वमा सुरु भएको महाधिवेशन प्रक्रियामा सहभागी नभएको खड्काले स्पष्ट पारेका छन् ।

उनका अनुसार महाधिवेशन रोक्न अदालतमा निवेदन दिइए पनि कार्यतालिका रोक्ने आदेश नआएपछि कांग्रेसमा दुई वटा महाधिवेशन हुने अवस्था बनेको छ । उनले विचाराधीन मुद्दालाई प्राथमिकताका साथ टुंग्याउन सर्वोच्च अदालतको ध्यानाकर्षण गराएका छन् ।

कांग्रेसले असोज १६ गतेदेखि १५औँ महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ भने असन्तुष्ट पक्षले मंसिरमा छुट्टै महाधिवेशन गर्ने बताउँदै आएको छ ।

Related Post