मुद्दा हारेपछि सर्वोच्चबाट हामफाल्न खोजे राई

25 August, 2026 76 Views
मुद्दा हारेपछि सर्वोच्चबाट हामफाल्न खोजे राई
76

काठमाडौं । मुद्दा हारेपछि एक व्यक्तिले सर्वोच्च अदालतको भवनबाट हामफाल्ने प्रयास गरेका छन्। मंगलबार सर्वोच्च अदालतको पाँचौँ तल्लामा पुगेका लालबहादुर राईले भवनबाट हामफाल्न खोजेपछि सुरक्षाकर्मीले तत्काल उद्धार गरेका हुन्।

प्रहरीका अनुसार राईले सोमबार ठगीसम्बन्धी मुद्दामा फैसला आफ्नो विपक्षमा आएपछि असन्तुष्टि जनाएका थिए। उनले ‘सर्वोच्च अदालतले आफूलाई हराएको’ भन्दै सुसाइड नोटसमेत लेखेको बताइएको छ।

मंगलबार सर्वोच्च अदालतको पाँचौँ तल्लामा पुगेका राईले हामफाल्ने प्रयास गरेपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिएर सकुशल उद्धार गरेका थिए। उद्धारपछि उनलाई सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारको कार्यालयमा लगिएको प्रहरीले जनाएको छ।

Related Post