मंसिर, रुपन्देही । पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । लु १ ज ३९०८ नम्बरको फोर्स जिप अरुणखोलाबाट पाल्पाको रामपुर आउँदै गर्दा मित्याल अरुणखोला सडक अन्तर्गत निस्दी ४ मित्याल चिउरेबासको पहिलो घुम्तीनजिकै सडकबाट झन्डै ५०० मिटर तल खोल्सोमा खसेको हो ।
घटनामा अहिले सम्म ३ जनाको मृत फेला भएपनि पहिचान खुल्न बाँकी रहेको स्थानीयको भनाई रहेको छ । छतबाट हामफालेका घाइतेलाई निस्दी गाउँपालिकाको गाडीमा उपचारमा लागि अरुणखोला लगिएको छ ।
गाडी धेरै तल झरेकोले उद्दारको काम चलिरहेको र मित्याल प्रहरी चौकीबाट प्रहरी पुगेको छ । घटनाको पूर्ण विवरण आइनसकेको प्रहरीले जनाएको छ । निस्दी गाउँपालिकाका प्रवक्ता मेघबहादुर सुनारीले जीप दुर्घटनामा ३ जनाको मृत्यु भएको र ९ जना घाइतेलाई पालिकाको गाडीमा अस्पताल लगेको नेपाल प्रेसलाई जानकारी दिए । मृतकमध्ये एक जना स्थानीय भएको भएपनि कसैको पहिचान नखुलेको उनले बताए ।