राप्रपामा पहिरो: लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पदाधिकारीसहित १८३ नेता–कार्यकर्ताद्वारा सामूहिक पार्टी परित्याग

04 June, 2026 237 Views
राप्रपामा पहिरो: लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पदाधिकारीसहित १८३ नेता–कार्यकर्ताद्वारा सामूहिक पार्टी परित्याग
237

काठमाडौँ,
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद चरम उत्कर्षमा पुगेपछि पार्टीमा ठूलो विभाजन आएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैली र राजनीतिक दिशाप्रति गम्भीर असन्तुष्टि जनाउँदै केन्द्रीय पदाधिकारीसहित १८३ जना नेता तथा कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका हुन्।

बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी असन्तुष्ट पक्षले संयुक्त वक्तव्य जारी गर्दै पार्टीका सम्पूर्ण जिम्मेवारी र साधारण सदस्यता समेत त्यागेको स्पष्ट पारेका छन्। 

पार्टी छाड्नेहरूमा राप्रपा महामन्त्री डा. धवलशमशेर राणा पक्षधर स्थापित र वरिष्ठ नेताहरू अग्रपंक्तिमा रहेका छन्। सामूहिक राजीनामा बुझाउने प्रमुख नेताहरूमा उपाध्यक्ष मुकुन्दश्याम गिरी,पूर्वमन्त्री तथा नेता दिलनाथ गिरी,केन्द्रीय सदस्यहरू केशवराज श्रेष्ठनारायणप्रसाद कोइरालासगुनसुन्दर लावती  र अन्य पदाधिकारी धनसुर शाहीमीना शाहीदिलविकास राजभण्डारीनानीमैया आचार्यलगायत केन्द्रीय सदस्य तथा पदाधिकारी एवं कार्यकर्ताहरू रहेका छन्।

पार्टी परित्याग गर्ने नेताहरूले नेतृत्वमाथि गम्भीर वैचारिक र नैतिक प्रश्नहरू उठाएका छन्। उनीहरूका अनुसार एकता महाधिवेशनको मर्म र लोकतान्त्रिक अभ्यासलाई मूल नेतृत्वको 'हिनभावकमजोरी र आत्मकेन्द्रित शैलीले ध्वस्त पारेको छ।

विज्ञप्तिमा भनिएको छ, "नेतृत्वले पार्टीको मूल आदर्श र सिद्धान्त विपरीत पुष्पकमल दाहाल 'प्रचण्डनेतृत्वको सरकारको न्यूनतम साझा कार्यक्रमको साझेदार बन्ने सम्झौता गर्यो। यसले राप्रपाको वैचारिक धरातललाई कमजोर बनाएको छ।" उनीहरूले केन्द्रीय कार्यसमितिलाई उपेक्षा गर्दै एकलौटी निर्णय गर्ने प्रवृत्ति बढेको र आन्तरिक लोकतन्त्र पूर्ण रूपमा समाप्त पारिएको आरोप समेत लगाएका छन्। 

असन्तुष्ट समूहले अध्यक्ष लिङ्देनमाथि राप्रपाको मुख्य एजेन्डा ‘संवैधानिक राजसंस्था पुनर्स्थापना’ को आन्दोलनलाई पटक–पटक कमजोर बनाएको र तुहाएको संगीन आरोप लगाएका छन्। संसद्‌मा राजसंस्थाको पक्षमा एउटा पनि ठोस प्रस्ताव दर्ता नगराएको र आन्दोलनमा उठेको जनलहरलाई व्यक्तिगत र राजनीतिक स्वार्थका लागि दुरुपयोग गरेको दाबी घोषणापत्रमा गरिएको छ।

राप्रपाको वर्तमान नेतृत्वबाट पार्टी सुधारको कुनै सम्भावना नदेखेपछि पहिलो चरणमा १८३ जनाले विद्रोह गर्नुपरेको र आगामी दिनमा यो संख्या अझै बढ्ने चेतावनी नेताहरूले दिएका छन्। राप्रपा भित्रको यो ठूलो विद्रोहले देशको दक्षिणपन्थी राजनीतिमा नयाँ तरंग पैदा गरिदिएको छ।

Related Post