124
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटमा प्रधानमन्त्री शाहले विपद्को समयमा अमेरिकाले नेपालप्रति देखाएको सहयोगका लागि धन्यवाद दिए। उनले जलवायु परिवर्तनका कारण नेपालमा बढ्दो विपद् जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए।
भेटमा नेपालको पर्यटन क्षेत्रमा लगानी र सहकार्यका सम्भावनाबारे पनि छलफल भएको थियो। प्रधानमन्त्री शाहले नेपाल अमेरिकी लगानीका लागि खुला रहेको बताए।
कार्यवाहक राजदूत बोल्डिनले रसुवा बाढीमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना जनाइन्। उनले राहत, पुनःस्थापना र पुनर्निर्माणमा नेपाललाई सहयोग गर्न अमेरिका तयार रहेको बताइन्।