सिरहामा प्रदर्शनका क्रममा गोली चल्दा एकको मृत्यु, अर्को घाइते

30 July, 2026 40 Views
सिरहामा प्रदर्शनका क्रममा गोली चल्दा एकको मृत्यु, अर्को घाइते
40

काठमाडौं । सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शन हिंसात्मक बन्दा गोली लागेर एक १९ वर्षीय गणेश यादवको मृत्यु भएको छ। घटनामा अर्का एकजना घाइते भएका छन्।

प्रदर्शनका क्रममा गोली लागेर अर्का एकजना घाइते भएका छन्। घाइतेलाई थप उपचारका लागि नेपाली सेनाले अस्पताल पुर्‍याएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए।

सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लामा विरोध प्रदर्शन जारी छ। निषेधाज्ञा लागू गरिएका स्थानमा पनि प्रदर्शनकारी सडकमा उत्रिएका छन्, जसका कारण केही क्षेत्रमा तनावको अवस्था कायम रहेको छ।

Related Post