सिरहामा तनाव चर्कियो : झडप, आगजनी र तोडफोडमा दुई घाइते

30 July, 2026 49 Views
सिरहामा तनाव चर्कियो : झडप, आगजनी र तोडफोडमा दुई घाइते
49

काठमाडौं। सुनसरीमा दुई समुदायबीच भएको झडपको प्रभाव सिरहासम्म फैलिँदा जिल्लाको सुरक्षा अवस्था तनावग्रस्त बनेको छ। दुई पक्षबीच भएको झडपमा दुई जना घाइते भएका छन् भने स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।

कर्फ्यु लागू भए पनि विभिन्न स्थानमा प्रदर्शन जारी रहँदा आगजनी र तोडफोडका घटना भएका छन्। अवस्था नियन्त्रणमा लिन प्रहरीले केही स्थानमा गोलीसमेत चलाएको जनाएको छ।

घाइते दुवै जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर भएपछि सुरुमा नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी गरिएको थियो। तर स्वास्थ्यमा सुधार आएपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

यसैबीच, प्रदर्शनकारीले एक मोटरसाइकल ग्यारेजमा तोडफोड गर्दै मोटरसाइकलमा आगजनी गरेका छन्। प्रहरीका अनुसार आगलागीबाट ११ वटा मोटरसाइकल पूर्ण रूपमा नष्ट भएका छन्। सुरक्षा निकायले अवस्था नियन्त्रणमा लिन थप सतर्कता अपनाएको छ।

 
 
 

Related Post