सरकारले जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने

सरकारले जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने
59

मंसिर, काठमाडौं । सरकारले जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जाँचबुझ गर्न गठित जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको  हो ।

जेनजी आन्दोलनका प्रतिनिधि र प्रधानमन्त्री सुशीला कार्कीबीच बुधबार भएको सम्झौता बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को असोज ५ को निर्णय अनुसार गठित जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय भएको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए । हिजो भएको सहमतिमा जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने सहमति भएको थियो । सोही अनुसार आजको मन्त्रिपरिषद्को बैठकले उक्त  सम्झौतालाई मन्त्रिस्तरीय बैठकबाट निर्णय गरेको हो ।

Related Post