सरकारलाई दुर्गा प्रसाँईको चेतावनी : सरकार दशैसम्म टिकाएर देखाउ

12 July, 2026 194 Views
सरकारलाई दुर्गा प्रसाँईको चेतावनी : सरकार दशैसम्म टिकाएर देखाउ
194

असार, काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले वालेन्द्र शाह नेतृत्वको सरकारको आयु धेरै लामो नरहेको बताएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरी खटाएर नियन्त्रणमा लिई भक्तपुरको ठिमीस्थित घरमा छाडिएका उनले यस्तो दाबी गरेका हुन् । प्रसाईंले शाह नेतृत्वको सरकार दशैँसम्म मात्रै टिक्ने दाबी गरे । आइतबार घरमै पत्रकार सम्मेलन गर्दै उनले यो सरकार जुन बाटो आएको त्यही बाटो जाने दाबी गरे ।

‘उनले आफूलाई भँडुवा भन्दै सरकारले धरपकड गरिरहेको बताउँदै फसाउन लागिरहेको थाहा पाएकाले त्यो सफल नहुने पनि बताएका छन् । उनले यो व्यवस्थाले नागरिकलाई आफैँमाथि पेट्रोल खन्याएर मर्न बाध्य बनाएको पनि बताएका छन् । गृहजिल्ला झापाबाट काठमाडौं आउनासाथ निषेधित क्षेत्रमा सार्वजनिक अभिव्यक्ति दिन नपाइने भन्दै प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिई घरमा लगेर छाडेको थियो ।

Related Post