१५ दिनमा माग पूरा गर्ने कुलमानको प्रतिबद्धतापछि बञ्चरेडाँडामा जान थाले फोहरका गाडी

02 November, 2025 181 Views
१५ दिनमा माग पूरा गर्ने कुलमानको प्रतिबद्धतापछि बञ्चरेडाँडामा जान थाले फोहरका गाडी
181

कात्तिक, काठमाडौं । सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइटका बासिन्दासँग १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्री घिसिङको यो प्रतिबद्धतापछि फोहोर फाल्न दिन स्थानीय सहमत भएका छन् ।

स्थानीयले ४ दिनदेखि फोहोर फाल्न रोकेका थिए । काठमाडौं महानगरपालिकाले सूचना जारी गरी फोहोर घर बाहिर ननिकाल्न महानगरबासीलाई भनेको थियो । शुक्रबार शहरी विकास मन्त्रालयमा प्रभावित क्षेत्रका पालिकाका जनप्रतिनिधिसहित सरोकारवालाको छलफल आयोजना गरिए पनि निष्कर्षविहीन भएको थियो ।

त्यसपछि समस्या समाधानका लागि भन्दै मन्त्री घिसिङ आइतबार बिहान बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेका थिए ।

Related Post