६ दिनपछि बोलाइएको राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित

25 June, 2026 252 Views
६ दिनपछि बोलाइएको राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित
252

 ११ असार । राष्ट्रिय सभाको बैठक बस्दै नबसी स्थगित गरिएको छ।

आज दिउँसो १:१५ बजे बस्ने तय भएको बैठक विशेष कारणवश् सञ्चालन हुन नसक्ने भएपछि सूचना जारी गर्दै स्थगित गरिएको हो।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा राष्ट्रिय सभाका अध्यक्षको निर्देशनअनुसार बैठक आगामी शुक्रबार दिउँसो १:१५ बजे बस्ने गरी सारिएको उल्लेख गरिएको छ।

यसअघि राष्ट्रिय सभाको बैठक असार ५ गते बसेको थियो। त्यसयता ६ दिनपछि बस्ने गरी आजका लागि बैठक तय गरिए पनि अन्तिम समयमा सूचना टाँस गरेर स्थगित गरिएको हो।

यसअघि प्रतिनिधिसभाको बैठक पनि बिहीबारका लागि तय भए पनि सञ्चालन हुन नसकी स्थगित भएको थियो।

लगातार संसद्का दुवै सदनका बैठक प्रभावित भएपछि संसदीय कामकारबाही प्रभावित हुने देखिएको छ।

Related Post