दिनदहाडै गोली चल्दा पनि सरकार बेखबरः सांसद आर्यन राई

30 July, 2026 48 Views
दिनदहाडै गोली चल्दा पनि सरकार बेखबरः सांसद आर्यन राई
48

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सरकारले देशको सुरक्षा अवस्था, राष्ट्रियता र जनताको सुरक्षाका विषयमा गम्भीर ध्यान दिनुपर्ने बताएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशमा हत्या, हिंसा र गोली चल्ने घटनाहरू बढ्दासमेत सरकार मौन बसेको आरोप लगाए। पछिल्लो सुरक्षा अवस्थाप्रति सरकार संवेदनशील नदेखिएको भन्दै जनताको वास्तविक अवस्था बुझ्न सरकार मैदानमा आउनुपर्ने उनको भनाइ थियो।

राईले दिनदहाडै गोली चल्ने र हिंसात्मक घटना भइरहँदा पनि सरकार बेखबर रहेको टिप्पणी गर्दै सरकारले अब जनतामाझ पुगेर शान्ति सुरक्षा कायम गर्न प्रभावकारी भूमिका खेल्नुपर्ने बताए। उनले देशको अवस्था सामान्य नभएको उल्लेख गर्दै राष्ट्रिय सुरक्षाको विषयलाई प्राथमिकतामा राख्न आग्रह गरे।

राष्ट्रियतासम्बन्धी विषयमा अनावश्यक अडान लिन उपयुक्त नहुने धारणा राख्दै उनले यस्ता विषयको मूल्यांकन अन्ततः नागरिकले गर्ने बताए।

त्यस्तै, प्रधानमन्त्रीले प्रतिनिधिसभाको रोस्ट्रमबाट दिएको एक विवादित अभिव्यक्तिप्रति पनि उनले आपत्ति जनाए। उक्त अभिव्यक्ति तत्काल सच्याउन र संसद्को अभिलेखबाट हटाउन सभामुखमार्फत सरकारसँग माग गरे।

Related Post