51
काठमाडौं । प्रधानमन्त्री बनेपछि पहिलोपटक प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरेका छन्। सिंहदरबारमा जारी बैठकमा सुनसरीको देवानगञ्ज गोलीकाण्डसहित पछिल्लो सुरक्षा अवस्था र समसामयिक विषयमा छलफल भइरहेको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सुनसरीको देवानगञ्ज गोलीकाण्ड, विभिन्न जिल्लामा विकसित सुरक्षा अवस्था तथा समसामयिक राष्ट्रिय सुरक्षा सम्बन्धी विषय बैठकका मुख्य एजेन्डा रहेका छन्।
बैठकमा गृहमन्त्री सुधन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले, मुख्य सचिव गोविन्द कार्की, प्रधान सेनापति अशोक सिग्देल तथा रक्षा सचिव सहभागी छन्। बैठकमा पछिल्लो सुरक्षा अवस्था, शान्ति–सुरक्षा व्यवस्थापन र आवश्यक रणनीतिबारे छलफल भइरहेको जनाइएको छ।