देशका पाँच स्थानमा पाँच शव फेला

19 August, 2026 104 Views
देशका पाँच स्थानमा पाँच शव फेला
104

काठमाडौं । देशका विभिन्न पाँच स्थानमा पाँच जना मृत अवस्थामा फेला परेका छन्।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८, पहेँलो पुलस्थित खोला किनारमा बुधबार अन्दाजी ५५ वर्षीय पुरुष मृत फेला परेका छन्। उनको पहिचान खुल्न सकेको छैन।

कैलालीको जानकी गाउँपालिका–५, अमौरीस्थित मठगौरा तालमा ६५ वर्षीय भैरवप्रसाद चौधरी मृत फेला परेका छन्। त्यस्तै, रोल्पाको सुनछहरी गाउँपालिका–७, राङ्सीस्थित बाझो बारीमा ५१ वर्षीय पूर्णबहादुर पुनको शव भेटिएको छ।

सुर्खेतको बराहताल गाउँपालिका–४, घुमाउनेस्थित भेरी नदीमा अन्दाजी ३० वर्षीय र मोरङको बुढीगंगा गाउँपालिका–१ स्थित आरती स्टिल पछाडिको सडक नालीमा अन्दाजी ३५ वर्षीय पुरुष पनि मृत अवस्थामा फेला परेका छन्।

मृतकहरूको मृत्युको कारण खुलेको छैन। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Related Post